Posts

Showing posts from March, 2021

अभिव्यक्तिका कारण विवादमा आएपछि सीइओ सुनिलले दिए पद बाट राजीनामा

Image
 अभिव्यक्तिका कारण  विवादमा आएपछि ठुली आमा बैंकका विवादास्पद छविका सीइओ सुनिल शाहले आफ्नो पद बाट राजिनामा दिएका छन् । शनिबार एक पत्रकार सम्मेलन मार्फत शाहले उक्त पदबाट राजिनामा दिएको जानकारी गराएका हुन् । ठुली आमा बैंक सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकताका साथ सम्प्रेषण गर्नुहुने सबै संचारकर्मीहरुलाई धन्यवाद दिदै उनले आफुले आफ्नो स्वास्थ्यको कारण राजिनामा दिनुपरेको बताएका थिए । सुनिल  संग असन्तुष्ट थियो व्यवस्थापन सेलिब्रेटी छवी बनाएका सुनिल संग   ठुली आमा बैंकका व्यवस्थापन सन्तुष्ट नरहेको कुरा केहि समय देखि चर्चामा रहेको थियो । पछिल्लो समयमा एक राष्ट्रिय टेलिभिजनमा दिएको एक अन्तर्वार्ताको कारण सुनिल झनै विवादास्पद बनेका थिए ।  धेरै वर्ष देखि नाफामा रहेको यो बैंकमा सर्वसाधारणको ४० प्रतिशत लगानी रहेको छ । तर बिगत २ वर्ष दखि चर्को प्रतिस्पर्धाको कारण बैंकको नाफा घट्दै गएका कारण बैंकका लगानी कर्ता निरास छन्  ।